PahiloPost

May 16, 2026 | २ जेठ २०८३

फ्राइडे रिलिजमा 'नाईं नभन्नु ल ५' र 'रेनी'



पहिलोपोस्ट

फ्राइडे रिलिजमा 'नाईं नभन्नु ल ५' र 'रेनी'

काठमाडौं: यो साता शुक्रबार प्रदर्शन अन्तर्गत दुई नेपाली फिल्म छन्। 'नाईं नभन्नु ल ५' र 'रेनी' प्रदर्शनमा आएका फिल्महरु हुन्। बिकास राज आचार्यको निर्देशनमा बनेको फिल्म 'नाईं नभन्नु ल ५'मा स्वस्तिमा खड्का, निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, अभिषेक नेपाल लागयतको अभिनय रहेको छ। फिल्ममा बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्माको अभिनय छ।

फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, बसन्त सापकोटाको संगीत, अर्जुन जिसीको सम्पादन, सामिप्यराज तिमल्सेना र बिकासको कथा रहेको छ।

त्यस्तै प्रदर्शनमा आएको अर्को फिल्म 'रेनी'लाई गिरिश रिजालले निर्देशन गरेका हुन्। त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा दीपक ढकाल, सनम मल्ल, सरोज खनाल, सुरवीर पण्डित, रमेश लम्साल लगायतको अभिनय छ।

यो साता बलिउड फिल्म 'ह्याप्पी फिर भाग जाएगी' प्रदर्शनमा आएको छ। सोनाक्षी सिन्हा अभिनित फिल्म कमेडी जनरामा बनेको छ। मुदस्सर अजीज फिल्मका निर्देशक हुन्। यो साता हलिउड फिल्म भने नेपाल प्रदर्शनमा आएन।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell