PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

संसदमा पेश विधेयकमाथि जनताको सुझाव लिन गाउँ पस्दै मिनी संसद



पी बी खड्का

संसदमा पेश विधेयकमाथि जनताको सुझाव लिन गाउँ पस्दै मिनी संसद

सुर्खेत: कर्णाली प्रदेश सभामा पेश भएका विधेयकमाथि रायसुझाव लिन संसदीय समिति गाउँ पस्ने भएको छ। प्रत्यक्ष जनताको रायसुझाव लिने उद्देश्यले समिति गाउँ पस्न लागेको हो।

प्रदेश सरकारले बनाउने नीति नियम प्रत्यक्ष जनतासँग जोडिएकाले जनताको वास्तविक, यथार्थ समय सान्दर्भिक आवश्यकता र माग बुझ्न समिति कर्णालीका विभिन्न जिल्ला दौडाहामा निस्कने भएको छ।
 
‘जनचासोका विषयमाथि जनताका प्रत्यक्ष सल्लाह सुझाव लिएर विधेयकलाई थप जनपक्षीय बनाउने उद्देश्य हो। ’सभामुख राजबहादुर शाहीले भने,‘अहिले संसद पनि स्थगित छ, त्यसैले मिनी संसदका माननियज्युहरुसहित गाउँगाउँ गएर जनताको रायसुझाव लिउँ भन्ने हो।’ जनताले जिताएर मात्रै नपुग्ने भएकाले जनताका माग र आवश्यकता बमोजिम सांसद चल्नुपर्ने हुँदा जनताका सल्लाह सुझाव लिनुुपर्ने ठानेर गाउँपस्न लागेको सभामुख शाहीको भनाई छ।

सामाजिक विकास समितिमा पेश भएको सहकारी विधेयक–२०७५ माथि जनतासंग प्रत्यक्ष रायसुझाव लिन समिति यही भदौ ११ गते रुकुमको चौरजहारी जाने भएको छ। त्यस्तै, यही भदौ १४ गते जुम्लामा जनतासंग प्रत्यक्ष भेटघाट गरी सुझाव लिने कार्यक्रम तय भएको सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले जानकारी दिईन्।

उक्त जिल्लामा पुगेर समितिले स्थानीय सञ्चारमाध्यम, स्थानीय सरकार, बुद्धिजिवी, सहकारीकर्मी लगायतसँग छलफल गर्ने उनले बताईन्।
‘समितिमा आएका विधेयकलाई जनतासँग छलफल गरी, उहाँहरुको राय सुझाव लिएर हामीले संसद बाट पास गर्ने छौँ।’ उनले भनिन्,‘सांसद हुँदा वित्तिकै सवै कुरा जान्ने बुझ्ने छौँ भनेर काम गर्नु भएन, त्यसो भएर पनि हामी जनताका राय सुझाव लिएर विधेयकमाथि थप छलफल र बहस पछि पास हुने छ,’ उनले थपिन्, ‘कार्यान्वयनको एक हिस्सा भनेको जनता पनि हुन् त्यो हिसावले जनताका रायसुझाव लिन आवश्यक ठानेर जिल्ला जिल्लामा जाँदै छौ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell