PahiloPost

May 16, 2026 | २ जेठ २०८३

नेपाल टुर इन श्रीलंका : दीपेन्द्रको शतकमा नेपालले ब्लुमफिल्डलाई दियो ३२४ रनको लक्ष्य



पहिलोपोस्ट

नेपाल टुर इन श्रीलंका : दीपेन्द्रको शतकमा नेपालले ब्लुमफिल्डलाई दियो ३२४ रनको लक्ष्य
फोटो : रमन शिवाकोटी

काठमाडौँ : मलेसियामा अगष्ट २९ बाट सुरु हुने एसिया कप छनोटको तयारीका लागि श्रीलंकामा रहेको नेपालले आज दोस्रो अभ्यास खेल खेलिरहेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको शतक मद्दतमा ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३२४ रन बनाएको छ। दीपेन्द्रले ९६ बल खेल्दै सर्वाधिक १२१ रन बनाए। उनले ९ चौका र ५ छक्का प्रहार गरे।

यस्तै सागर पुनले ८३ बलमा ८ चौका र ३ छक्काको मद्दतमा ९२ रन बनाए। करण केसीले १२ बल खेल्दै २६ रन बनाए। 

८४ रनमा ४ विकेट गुमाएको नेपालका लागी दीपेन्द्र र सागरले पाँचौ विकेटका १८५ रनको साझेदारी गरेका थिए।

ब्लुमफिल्डका सनोज दार्शिकाले ३ तथा लहिरु फर्नान्डोले २ विकेट लिए।

पहिलो अभ्यास खेल नखेलका कप्तान पारससहित सागर र करणले आझ ज्ञानेन्द्र, सोमपाल र विनोदको स्थानमा खेलेका छन्।

पहिलो अभ्यास खेलमा नेपालले श्रीलंकाको आर्मी क्रिकेट क्लबलाई ६७ रनले पराजित गरेको थियो।

नेपाल श्रीलंकामा ३ अभ्यास खेल खेलेर अगष्ट २७ मा त्यतैबाट एसिया कप छनोट खेल्न मलेसिया जानेछ। अगष्ट २९ मा नेपालले पहिलो खेल ओमानसँग खेल्नेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell