PahiloPost

May 16, 2026 | २ जेठ २०८३

राष्ट्रिय फुटबल टिमको ट्रेनिङमा पहिलो पटक 'जिपिएस ट्रयाकर' प्रयोग



पहिलोपोस्ट

राष्ट्रिय फुटबल टिमको ट्रेनिङमा पहिलो पटक 'जिपिएस ट्रयाकर' प्रयोग
फोटो : एन्फा

काठमाडौँ : साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली फुटबल टिममा रहेका खेलाडीलाई ट्रयाक गर्न जिपिएस सिस्टल लागु लागेको छ।

खेलाडीहरुले ट्रेनिङ गर्दा जिपिएस सिस्टम लगाउनेछन् जसले गर्दा खेलाडीहरुले पिचमा गरेको प्रदर्शनको मापन गर्दछ।

बंगलादेशमा हुने साफ च्याम्पियनसिपको लागि नेपालले हाल एन्फा कम्प्लेक्समा तयारी गरिरहेको छ।

नेपाली टिमका एथ्लेटिक थेरापिस्ट/ ह्युमन परफरमेन्स कोच विवेक विक्रान्त अधिकारीले नेपाली फुटबल अब वैज्ञानिक एरामा प्रवेश गरेको र यो पहिलो स्टेप भएको बताए।

यसले हामीलाई हाम्रो खेलाडीको तथ्याङ्कको बारेमा जानकारी राख्न मद्दत गर्छ र चोटहरुलाई रोक्ने काम गर्नछ।

यस्तै मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नयाँ सिस्टम लागुभएपछि खेलाडीलाई स्टानडर्डमा राख्न सहयोग गर्छ।

बंगलादेशमा सेप्टेमवर ४ देखि साफ च्याम्पियनसिप सुरु हुँदैछ र नेपाल आयोजक बंगलादेश, पाकिस्तान र भुटानसँगै एउटा समूहमा छ।

साफका लागि हाल २९ खेलाडी ट्रनिङमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell