PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

एसियाड : भलिबलमा नेपाल दक्षिण कोरियासँग ३-० को सेटमा पराजित



पहिलोपोस्ट

एसियाड : भलिबलमा नेपाल दक्षिण कोरियासँग ३-० को सेटमा पराजित

इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत पुरुष भलिबलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। समूह डी अन्तर्गत शुक्रवार भएको खेलमा नेपाल दक्षिण कोरियासँग ३-० को सेटमा पारजित भए।

एसियाकै बलियो टोली कोरियाले नेपाललाई २५-१६, २५-१३, २५-१६ को स्कोरमा हरायो।

पहिलो खेलमा पनि नेपाल चाइनिज ताइपेईसँग ३-० ले पराजित भएको थियो।

समूह चरणको दुई खेलमा नेपालले एक सेट पनि जित्न सकेन। सन १९८६ मा पछिल्लो पटक एसियाड भलिबल खेलेको नेपाली पुरुष टोलीले ३२ वर्षपछि एसियाड खेलेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell