PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

कंचनपुरमा फेरि चल्यो गोली



पहिलोपोस्ट

कंचनपुरमा फेरि चल्यो गोली

काठमाडौँ : कञ्चनपुरमा आज पनि गोली चलेको छ। बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आन्दोलन गर्दै आएका छन्। स्थिति अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको जनाएको जानकारी आएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए।

'आक्रोशित समूहले ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय तोडफोड गर्न लागेपछि गोली चलाइएको एसएसपी थापाले बताए। 

आज दिनभर शान्त बनेको महेन्द्रनगर एकाएक तनावग्रस्त बनेको थियो।
 
गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले गत सोमबार हत्यामा संलग्न सार्वजनिक गरेको थियो।

प्रहरीले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell