PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

प्रहरीको गोलीले लियो एकको ज्यान, दर्जन बढी घाइते



पहिलोपोस्ट

प्रहरीको गोलीले लियो एकको ज्यान, दर्जन बढी घाइते

काठमाडौं : महेन्द्रनगरमा गोली चल्दा एक जनाको मृत्यु भएको छ। बलात्कारपछि भएको किशोरीको हत्याको विषयमा प्रहरीको भूमिका संदेहपूर्ण रहेपछि विरोधमा उत्रिएका आन्दोलनकारीविरुद्ध  प्रहरीले गोली प्रहार गरेको थियो।

महेन्द्रनगरस्थित पत्रकार राम सिंह ठगुन्नाका अनुसार प्रहरीको गोलीले एक जना मारिएका छन्। सोसल मिडियामा सार्वजनिक भएको तस्बिरअनुसार मारिएका व्यक्ति कम उमेरका देखिन्छन्।

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आन्दोलन गर्दै आएका छन्। स्थिति अनियन्त्रित भएपछि प्रहरीले गोली चलाएको जनाएको जानकारी आएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए।

'आक्रोशित समूहले ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय तोडफोड गर्न लागेपछि गोली चलाइएको एसएसपी थापाले बताए। 

घटनास्थलमा नै रहेका अर्का पत्रकार लक्ष्मण तिवारीका अनुसार प्रहरीले २० राउन्डभन्दा बढी गोली चलाएको छ। उनका अनुसार १२ जनाभन्दा बढी घाइते भएका छन्। 

गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले गत सोमबार हत्यामा संलग्न सार्वजनिक गरेको थियो।

प्रहरीले भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell