PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

महेन्द्रनगरमा फेरि अनिश्चितकालीन कर्फ्यू आदेश



पहिलोपोस्ट

महेन्द्रनगरमा फेरि अनिश्चितकालीन कर्फ्यू आदेश

काठमाडौंः जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ।

साँझ ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी कुवेरबहादुर कठायतले जानकारी दिए।

निर्मला बलात्कार र हत्या प्रकरणको आन्दोलनका क्रममा शुक्रवार महेन्द्रनगर तनावग्रस्त बनेपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो। शुक्रबार प्रहरीको गोली लागि १४ वर्षीय बालकको मृत्यु भएपछि महेन्द्रनगर तनावग्रस्त बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell