PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

विश्वमा आज: अस्ट्रेलियामा मरिसनको उदय देखि ट्रम्पलार्इ संकटसम्म



पहिलोपोस्ट

विश्वमा आज: अस्ट्रेलियामा मरिसनको उदय देखि ट्रम्पलार्इ संकटसम्म

अस्ट्रेलियामा नयाँ प्रधानमन्त्री


स्कट मरिसन अस्ट्रेलियाका नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन्। सत्तारुढ लिबरल पार्टी भित्रै भएको नाटकीय विद्रोहसँगै मरिसन प्रधानमन्त्रीमा निर्वाचित भएका हुन्। सुधारवादी म्याल्कम टर्नबुललाई उनकै लिबरल पार्टीका कट्टरपन्थीहरुले पदबाट हटाएका हुन्। अस्ट्रेलियाको राजधानी क्यानबेरामा भएको पार्टी संसदीय दलको निर्वाचनमा अर्थमन्त्री रहेका मरिसनले टर्नबुललाई ४५-४० मतान्तरले पराजित गरेका थिए।

ट्रम्पलार्इ संकट


अमेरिकका महान्यायाधिवक्ता जेफ सेशन्सले कुनैपनि खालको राजनीतिक दबाब नस्वीकार्ने र कानुन विपरित कसैसँगै समझौता नगर्ने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सेशन्सले सन् २०१६ मा भएको निर्वाचनमा रसियाबाट घूसपैठ भएको मुद्दा अर्का व्यक्तिलाई हेर्न दिएको बताएका थिए। ट्रम्पको यो अभिव्यक्ति पश्चात सेशन्सको यस्तो प्रतिक्रिया आएको हो। अमेरिकी अदालतले निर्वाचन अभियानमा वित्तीय नियमको उल्लंघन गरेको आरोपमा ट्रम्पका दुईजना सहयोगीलार्इ जेल सजाय सुनाएको थियो। राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी भुक्तानी भएको उनका पूर्व सहयोगी माइकल कोहेनले अदालतसमक्ष बयान दिएका थिए। यसैसँग ट्रम्पमाथि थप दबाब सिर्जना भएको छ।

यमनमा क्षेप्यास्त्र प्रहार


पश्चिमी यमनमा भएको क्षेप्यास्त्र प्रहारबाट ठूलो संख्यामा सर्वसाधारण नागरिकको मृत्यु भएको जनाइएको छ। उक्त आक्रमणका बारेमा विद्रोही हुथी समूह र साउदी गठबन्धनले एकअर्कामाथि दोषारोपण गर्दै आएका छन्।। हुथी विद्रोहीका अनुसार बस र घरमा भएको क्षेप्यास्त्र आक्रमणबाट कम्तीमा ३१ जना महिला र बालबालिकाको मृत्यु भएको जनाएको छ। यता, साउदी गठबन्धनले भने 'इरानमा निर्मित ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिएको' दाबी गरेको छ। 

अमेरिकामा आँधी



अमेरिकाको हवाई राज्यमा भारी बर्षा र आँधीका कारण हजारौं मानिस विस्थापित भएका छन्। 'हुरिकेन लेन' नाम दिइएको आँधीको प्रकोप बढदै गएसँगै हवार्इमा आपतकालिन अवस्था घोषणा गरिएको छ। बाढी र पहिरोका कारण सयौं घर डुबानमा परेको जनाइएको छ। अमेरिकाको मौसम विभागले आँधी प्रतिकिलोमिटर २ सयको रफतारले आइरहेको जानकारी दिएको छ। आँधी कम हुँदै गएपनि अवस्था अझै निकै डरलाग्दो रहेकाले विभागले सबैलार्इ सचेत रहन भनेको छ। 

श्रीलंकामा डेंगु


श्रीलंकामा हालसम्म डेंगुबाट ४१ जनाको मृत्यु भएको र ३६ हजार भन्दा बढी प्रभावित भएको राष्ट्रिय डेङ्गुरोग नियन्त्रण विभागले जानएको छ। अगष्ट महिनामा मात्र देशभरी १ हजार ७५ जना डेंगुका बिरामी भेटिएका जनाइएको छ। राजधानी कोलम्बोमा यसवर्ष सबैभन्दा बढी ६ हजार ९३७ जनामा डेंगु भेटिएको विभागले जनाएको छ। विभागले देशका उत्तरी र पूर्वी क्षेत्रका सबैभन्दा जोखिममा रहेका क्षेत्रहरुमा डेंगु नियन्त्रणका लागि विशेष कार्यक्रमहरु प्रारम्भ गरेको बताएको छ। 

पूर्व राष्ट्रपति पार्कलार्इ थप सजाय


दक्षिण कोरियाको पुनरावेदन अदालतले पूर्व राष्ट्रपति पार्क गुन हेइको कारावास अवधि थप गरेको छ। भ्रष्टाचारको मुद्दामा पार्ककफ संलग्नता रहेको पुष्टी भएको भन्दै अदालतले उनलाई थप एक बर्ष जेल सजाय बढाएको हो। गत अप्रिल ६ तारिखका दिन तल्लो अदालतले ६६ बर्षीया पार्कलाई २४ बर्ष जेल सजायको फैसला गरेको थियो। जेल सजायसँगै १८ विलियन जरिवाना पनि तोकिएको थियो। अब उनले थप २० अर्ब जरिवाना पनि तिर्नु पर्नेछ।   

 तस्विर: AP/ AFP/ REUTERS/ GETTY

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell