PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

एसियाड : करातेको एकल कातामा नेपालका पर्शुराम बास्तोला र चन्चला दनुवार पहिलो खेलमै पराजित



पहिलोपोस्ट

एसियाड : करातेको एकल कातामा नेपालका पर्शुराम बास्तोला र चन्चला दनुवार पहिलो खेलमै पराजित

इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत करातेको प्रतिस्पर्धा शनिवारबाट सुरु भएको छ।

शनिवार भएको पुरुष र महिला एकल काताको खेलमा भने नेपाली खेलाडीले हार बेहोरेका छन्। पुरुषमा पर्शुराम बास्तोला र महिलामा चन्चला दनुवार पहिलो खेलमै पराजित भए।

बास्तोला कतारका अधम हासेमसँग ५-० ले पराजित भए। दनुवार मकाउकी सोइ ला सोउसँग ५-० ले नै पराजित भइन्।

चार वर्षअघि दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ एसियाडमा नेपालका लागि एक मात्र कास्य जिताएकी विमला तामाङले करातेकै एकल कातामा पदक जितेकी थिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell