
साविक विजेता वायर्न म्युनिखले जर्मन बुण्डेसलिगाको नयाँ सिजत जितबाट सुरुवात गरेको छ।
लिगअन्तर्गत गएराती भएको यस सिजनको पहिलो खेलमा वायर्नले होफेनहेइमलाई ३-१ ले हरायो। वायर्नका लागि थोमस मुलर, रोवर्ट लेवान्डोस्की र आर्येज रोवेनले गोल गरे।
२३औँ मनेटमा मुलरले गोल गर्दै वायर्नलाई पहिले अग्रता दिलाएका थिए। पहिलो हाफमा पछि परेको होफेनहेइमका लागि ५७औँ मिनेटमा एडन स्जलाईले बराबरी गोल फर्काए।
८२ मिनेटसम्म पनि खेल बराबरीमा चलिरहेको थियो। तर अन्तिम ८ मिनेटमा वायर्नले दुई गोल गर्दै खेल जित्यो। ८२औँ मिनेटमा वायर्नले पेनाल्टी पाएपछि लेवान्डोस्कीले गोल गर्दै अग्रता दिलाएका थिए भने ९०औँ मिनेटमा रोवेनले तेस्रो गोल गरे।