PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

एसियाड : करातेकी चन्चलालाई कास्य पदक जित्ने मौका



पहिलोपोस्ट

एसियाड : करातेकी चन्चलालाई कास्य पदक जित्ने मौका

इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत करातेमा नेपाली खेलाडी चन्चला दनुवारले पहिलो खेल हारेपनि पदक जित्ने सम्भावना कायमै राखेकी छिन्।

करातेको एकल कातामा चन्चलालाई पराजित गरेको मकाउकी खेलाडी फाइनलमा पुगेपछि चन्चलाले रिपेज कन्टेस्टमा प्रतिस्पर्धा गर्ने अवसर पाइन। जसमा उनले उत्तर कोरियाली खेलाडीलाई ३-२ ले पराजित गरिन्।

अब चन्चलाले कास्य पदकका लागि थाइल्याण्डकी खेलाडी मोनसिका तारारात्तनाकुलसँग प्रतिस्पर्धा गर्नेछिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell