PahiloPost

May 16, 2026 | २ जेठ २०८३

चन्चला पदक जित्न असफल



पहिलोपोस्ट

चन्चला पदक जित्न असफल

इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत करातेको महिला एकल कातामा नेपालकी चन्चला दनुवार पदक जित्न असफल भएकी छिन्।

पहिलो खेल हारेपनि रिपेजमा उत्तर कोरियाको खेलाडीलाई हराउँदै कास्य पदकको नजिक पुगेकी चन्चला निर्णायक खेलमा थाइ खेलाडी मोनसिका तारारात्तनाकुलसँग पराजित भइन्।

पहिलो खेलमा मकाउकी सोइ लाम सोउसँग ५-० ले पराजित भएकी चन्चलाले रिपेज कन्टेस्टमा उत्तर कोरियाली खेलाडीलाई ३-२ ले पराजित गरेकी थिइन्। पहिलो चरणमा चन्चलालई हराउने खेलाडी फाइनल पुगेका कारण चन्चलाले कास्य पदकका लागि रिपेज खेल्ने अवसर पाएकी हुन्।

चार वर्षअघि दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ एसियाडमा नेपालका लागि एक मात्र कास्य जिताएकी विमला तामाङले करातेकै एकल कातामा पदक जितेकी थिइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell