PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

निर्मला हत्या प्रकरणमा ट्विस्टः पढ्न गएको घरका दिदी र बहिनी नै प्रहरीको अनुसन्धान घेरामा



पहिलोपोस्ट

निर्मला हत्या प्रकरणमा ट्विस्टः पढ्न गएको घरका दिदी र बहिनी नै प्रहरीको अनुसन्धान घेरामा

काठमाडौँ : निर्मला हत्या प्रकरणमा प्रहरीले दुई जनालाई आवश्यक सोधपुछको लागि पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका वडा नम्बर १८ का दुई दिदी बहिनीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुबेरबहादुर कठायतले बताए। एसपी कठायतले पहिलोपोस्टसँग भने, 'उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भइसकेको छ।'

गएको साउन १० गते १३ वर्षीया निर्मला पन्त खाना खाएर आफ्नै कक्षाकी साथी रोशनी भन्ने आँचल बमको घरमा सँगै पढ्नको लागि गएकी थिइन्। त्यसपछि  भोलिपल्ट उनको शव नजिकैको उखुवारिमा भेटिएको थियो।

प्रहरीले यसअघि पनि दुवै जनलाई बोलाएर आवश्यक सोधपुछ गरेको थियो। तर, नियन्त्रणमा भने लिएको थिएन। उनीहरूका बुबा आमा जागिरको सिलसिलामा दार्चुलामा बस्दै आएकाले दुई तले घरमा उनीहरू एक्लै बस्दै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell