PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

कञ्चनपुरमा गोली लागी घाइते भएका एक जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइँदै



पहिलोपोस्ट

कञ्चनपुरमा गोली लागी घाइते भएका एक जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं : शुक्रवार कञ्चनपुरमा प्रहरी र प्रर्दशनकारी बीचको झडपमा घाइते भएका एक जनालाई थप उपचारको लागि काठमाडौं ल्याइने भएको छ।

कोहलपुर अस्पतालमा उपचार गराइरहेका घाइते उमेश देउवालाई त्रिवि शिक्षण अस्पताल ल्याउने तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ। नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो। सेनाको हेलिकप्टर काठमाडौंबाट उडिसकेको छ।

महेन्द्रनगरमा प्रहरी र प्रर्दशनकारी बीच झडप हुँदा शुक्रवार प्रहरीको गोली लागि एक किशोरको मृत्यु भएको थियो। झडपमा परी १० जनाभन्दा बढी घाइते भएका थिए ।

१३ वर्षिय निर्मला पन्तको हत्याको विषयलाई लिएर महेन्द्रनगर विगत पाँच दिनदेखि तनावग्रस्थ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell