PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कञ्चनपुरमा कर्फ्यू हुँदा 'निर्मलाका निम्ति न्याय' खोज्न काठमाडौंमा भेला

कञ्चनपुरमा कर्फ्यू हुँदा 'निर्मलाका निम्ति न्याय' खोज्न काठमाडौंमा भेला

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : निर्मलाका निम्ति न्याय #JusticeForNirmala माग्दै राजधानीमा दवावमुलक प्रदर्शनी गरिएको छ। सामाजिक सञ्जालबाट जुटेको जनताको भेलाले कञ्चनपुरमा भएको निर्मला बलात्कार-हत्यामा न्याय माग गर्दै प्रदर्शन गरेको हो।

प्रहरी प्रशासनसहित सरकारले निर्मला बलात्कार र हत्याको विषयलाई यसै टुंग्याउन खोजेपछि कञ्चनपुरमा जनता प्रदर्शनमा उत्रिएका थिए। उनीहरुको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक १४ वर्षीय बालकको मृत्यु भएको थियो। १० भन्दा बढी गोली लागेर घाइते भएका थिए।

१३ वर्षकी किशोरीको बलात्कार र हत्यामा प्रहरीले अनुसन्धानबाट दोषी उम्काउनेगरी घटनाको प्रकृति र प्रमाण नै तोडमरोड गर्न थालेपछि स्थानीय विरोधमा उत्रिएका थिए। त्यसलाई साथ दिँदै सामाजिक सञ्जालबाट सक्रिय रुपमा आन्दोलनलाई समर्थन मिलेको थियो। कञ्चनपुरमा गोली र बालकको मृत्युपछि कर्फ्यू जारी छ। त्यहाँ कर्फ्यूका कारण आन्दोलनकारी सडकमा उत्रिन सकेका छैनन्।

काठमाडौंमा #JusticeForNirmal ह्यास ट्याग प्रयोग गर्दै सामाजिक सञ्जालका प्रयोगकर्ताहरु स्वस्फूर्त रुपमा उत्रिएका हुन्। राजनीतिक दलका समर्थक पनि यस अभियानमा जोडिए। तर, राजनीतिक पहिचानभन्दा सामाजिक मुद्दामा अगुवाई गर्नेगरीमात्र उनीहरु अभियानसँग जोडिएका थिए। गैर राजनीतिक र दवाव सिर्जना गर्ने अभियानमा शिल्पी नाट्य समूहले बलात्कारविरुद्धको नाटकसमेत प्रदर्शन गरेको थियो। 


ट्रेन्डिङ पोस्ट

Ncell