PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

कञ्चनपुरमा सर्वदलीय बैठकले गर्‍यो ४ बुँदै सहमति, कर्फ्यू हटाउने तयारी



पहिलोपोस्ट

कञ्चनपुरमा सर्वदलीय बैठकले गर्‍यो ४ बुँदै सहमति, कर्फ्यू हटाउने तयारी

काठमाडौं : १३ वर्षीया किशोरी निर्मला पन्तको हत्यापछि उत्पन्न समस्या समाधान गर्न आज बसेको सर्वदलीय बैठकमा चार बुँदे सहमति भएको छ।

सहमतिको बुँदा नम्बर १ मा घटनाबारे पुन: छानविन गरी दोषीलाई कारबाही गर्ने, शुक्रवार प्रहरीको गोली लागि मृत्यु भएका किशोरलाई शहीद घोषणा गर्न सरकारसँग अनुरोध गर्ने र मृतकका परिवारलाई राहत उपलब्ध गराउने सहमति भएको हो।

घाइतेहरुको उपचार गर्ने र घाइते भएकामध्ये उपचारपछि अशक्त भएमा सरकारले जिविकोपार्जनका लागि आवश्यक व्यवस्था गर्ने बुँदा नम्बर दुईमा उल्लेख छ। बुँदा नम्बर ३ र ४ मा प्रर्दशनका क्रममा क्षति भएका सरकारी, निजी प्रहरी दमनबारे छानविन गर्ने र कारबाहीको लागि पहल गर्ने तथा भविष्य कुनै पनि अप्रिय घटना दोहोरिन नदिने सहमति भएको छ।

निर्मला प्रकरणलाई लिएर महेन्द्रनगर पाँच दिनदेखि तनावग्रस्त छ। शुक्रवार साँझ ८ बजेदेखि लगाइएको कर्फ्यू अझै खुल्न सकेको छैन। सुरक्षा समितिको बैठक बसेर कर्फ्यू हटाउने तयारी भइरहेको एसपी कुवेरबहादुर कठायतले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell