PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

छोराले कुट्दा बाबुको मृत्यु



पहिलोपोस्ट

छोराले कुट्दा बाबुको मृत्यु

सिरहाः छोराको कुटपिटका कारण बाबुको मृत्यु भएको छ। लहान नगरपालिका १८ मनरवा बस्ने ४० वर्षीय उमेश सदायको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रवार २५ वर्षीय छोरा सञ्जय सदायले घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएका बुवा उमेशको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो।

सञ्जयलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell