PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

प्रिमियर लिग : म्यानचेष्टर सिटी वल्भरह्याम्पटनसँग बराबरीमा रोकियो



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर सिटी वल्भरह्याम्पटनसँग बराबरीमा रोकियो

प्रिमियर लिगको नयाँ सिजनको सुरुवाती दुई खेलमा सहजै जित हात पारेको साविक विजेता म्यानचेष्टर सिटी तेस्रो खेलमा भने वल्भरह्याम्पटनसँग वल्डर्रससँग बराबरीमा रोकिएको छ।

शनिवार भएको खेलमा सिटीले वल्भरह्याम्पटनसँग १-१ गोलको बराबरी खेल्दै १/१ अंक बाँडेको हो।

वल्भरह्याम्टनले घरेलु मैदानमा सिटीलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको थियो। ५७औँ मिनेटमा विली बोलीले गोल गर्दै अग्रता दिलाए। १ गोलले पछि परेको सिटीले १२ मिनेटपछि बराबरी गोल फर्काए।

६९औँ मिनेमा सिटीका आइमेरिका लापोर्टेले सिटीका लागि बराबरी गोल पर्काए। त्यसपछि खेलमा गोल गर्न नसक्दा सिटी अंक बाँड्न बाध्य भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell