PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

भक्तपुरकी मनिताले जितिन् मिस टुरिजम २०१८ को उपाधी



पहिलोपोस्ट

भक्तपुरकी मनिताले जितिन् मिस टुरिजम २०१८ को उपाधी
फोटो : प्वाइन्ट मिडिया

काठमाडौं : भक्तपुरकी मनिता पौडेलले मिस टुरिजम-२०१८ को ताज जितेकी छन्। शनिवार राजधानीको मल्ल होटलमा भएको ग्राण्ड फिनालेमा बाँकी ११ प्रतियोगीलाई उछिन्दै पौडेलले तेस्रो संस्करणको मिस टुरिजमको ताज चुमेकी हुन्।

ट्राभल एन्ड टुरिजम विषयमा स्नातक अध्ययनरत १९ वर्षीया पौडेलले ताजसँगै नगद ५० हजार हात पारिन्। पौडेलले मिस फोटेजेनिकको उपाधी समेत जितिन्।

प्रमुख निर्णायक नेपाल वायुसेवा निगमका सञ्चालक निमानरु शेर्पाले सोधेको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन सरकारले गर्नुपर्ने प्रमुख तीन कामहरु के-के हुन भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै पौडलेले उपाधी जितेकी हुन।

प्वाइन्ट मिडिया प्रालीले आयोजना गरेको प्रतियोगितामा प्रकृति ढकाल फस्ट रनरअफ र श्रुती थापाले सेकेण्ड रनरअफ भइन्। उनीहरुले क्रमश: ३० हजार र २० हजार प्राप्त गरे।

अन्तिम चरणमा रहेका १२ प्रतियोगीमध्ये ५ जना फाइनलिस्ट छानेर विजेताको घोषणा गरिएको हो। 

प्रतियोगितामा दिक्षा श्रेष्ठले मिस इन्टिलिजेन्ट, सुस्मा खनाल पब्लिक च्वाईस र मिस स्माईल, प्रकृति ढकालले मिस ट्यालेन्ट र मिस डिसिपिलिन, सङ्गीता थापाले मिस फिगर,सृजना घिमिरेले मिस फ्रेण्डसिप,श्रृती थापाले मिस पर्सनालिटि, सगुन अधिकारीले मिस वाल्क विधामा उपाधि जिते।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने,पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले प्वाइन्ट मिडियाले सन् २०१६ देखि मिस टुरिजमको आयोजना गर्दै आएको छ। प्वाईन्ट मिडिया प्रालिका प्रबन्ध निर्देशक नविन काफ्लेले प्रतियोगिताले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तीकरण र उनीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्ने बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell