
साविक विजेता बार्सिलोनाले स्पानिस ला लिगामा लगातार दोस्रो जित हात पारेको छ।
गएराती भएको खेलमा बार्सिलोनाले रियल भाल्लाडोलिडलाई १-० ले पराजित गरेको हो। अवे मैदानमा बार्सिलोनालाई जिताउन ओसमान डेम्बेलेले निर्णायक गोल गरे। उनले ५७औँ मिनेटमा गोल गरेका थिए।
यस्तै एट्लेटिको मड्रिडले सिजनको पहिलो जित हात पार्ने क्रममा रायो भालेकानोलाई १-० ले नै हरायो। घरेलु मैदानमा एट्लेटिकाई जिताउन एन्टोनी ग्रीजमनले ६३औँ मिनेटमा गोल गरे।