
क्यारेवियन प्रिमियर लिग (सीपीएल) को पाँचौ खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने महँगा सावित भए।
पाँचौ खेलमा सन्दीपले कुनै विकेट लिन सकेनन्। ४ ओभर बलिङ गरेका सनदीपले ४३ रन खर्चे। सन्दीपले यसअघिका चार वटै खेलमा विकेट लिएका थिए।
यद्यपी सन्दीपको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ले बार्बाडोस ट्रिडिनेन्ट्सलाई ६ विकेटले पराजित गर्यो।
सीपीएलमा प्याट्रिओट्सको यो तेस्रो जित हो।
सन्दीपले पहिलो खेलमा गुएना अमेजन वारियर्स विरुद्ध २ तथा दोस्रो खेलमा ट्रिनिबागो नाइटराइडर्स विरुद्ध १ विकेट लिएका थिए। त्यसपछि जमैका तल्हवास र सेन्ट लुसिया स्टार विरुद्ध पनि सन्दीपले २-२ विकेट लिएका थिए। सीपीएलमा सन्दीपले ५ खेल खेल्दै ७ विकेट लिइसकेका छन्। सर्वाधिक विकेट लिनेमा सन्दीप चौथो स्थानमा छन्।
पहिलो चरणको पाँच खेलपछि सन्दीपले प्याट्रिओट्सको लागि बाँकी खेल गुमाउनेछन्।
नेपालले खेल्ने एसिया कप छनोट क्रिकेटका लागि सन्दीप भोली उतैबाट मलेसिया जाँदैछन्। एसिया कप छनोटका लागि नेपालको राष्ट्रिय टोली हाल श्रीलंकामा छ र आज अन्तिम अभ्यास खेल खेल्दैछ। नेपाली टोली पनि भोली नै मेलसिया पुग्नेछ।
नेपालले छनोटको पहिलो खेल आगामी बुधवार (अगष्ट २९) मा ओमानसँग खेल्नेछ।