PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

धर्म, मस्तिष्क र स्वास्थ्यको सम्बन्धः धर्मलाई विश्वास गर्दा के हुन्छ?



पहिलोपोस्ट

धर्म, मस्तिष्क र स्वास्थ्यको सम्बन्धः धर्मलाई विश्वास गर्दा के हुन्छ?

कुनै ईश्वरीय वा दैवी शक्ति अस्तित्वमा छ वा छैन भन्ने विषयमा धेरैका विचार हुन सक्छन्। तर धार्मिक आस्था सम्बन्धी 'न्यूरो साइकोलोजिकल' प्रभावका वैज्ञानिक तथ्यहरू सही रूपमा मापन गर्न सकिन्छ। हालै गरिएको एक अध्ययनले धर्म, मस्तिष्क र स्वास्थ्यको समबन्धको बारेमा नयाँ तथ्यहरू उजागर गरेको छ।

तपार्इँ एक कट्टर नास्तिक, भगवानको अस्तित्वमाथि चुनौती दिने व्यक्ति वा आस्तिक भए पनि तपार्इँले धर्मबाट मस्तिष्कमा पर्ने प्रभावबारे थाहा पाए आश्चर्यमा पर्नु हुन्छ।

अध्यनका अनुसार धर्ममाथि विश्वास गर्नाले हाम्रो जीवनको आयु बढ्न सक्छ। यसका साथै यसले रोगसँग लड्न क्षमता बढाउँछ। 'न्यूरोलोजी' क्षेत्रमा वा धार्मिक विश्वाससम्बन्धी न्यूरो साइन्समा भएको अध्ययनले हामी आध्यात्मिक चेतनाबारे के सोच्छौँ भन्ने विषयमा आश्चर्यजनक खोजहरू गरेको छ।

केही वैज्ञानिकहरूको अनुसन्धानले धर्मले यौन र लागूऔषध (ड्रग्स)ले जस्तै मस्तिष्कका नशाहरू सक्रिय गर्ने पत्ता लगाएको छ।

केही अनुसन्धानहरूले भने मस्तिष्कको कुनै भागमा क्षति पुगेमा त्यसले कोठामा कोही नभएता पनि कोही भएको जस्तो आभास गराउने निष्कर्ष निकालेको छ। यस्ता तथ्यहरूले धर्मले स्वास्थ्यमा कसरी प्रभाव पार्छ भन्नेबारे जानकारी दिन्छ।

 यस्तै, वैज्ञानिकहरूका धार्मिक अनुभवका 'न्यूरो बायोलोजिकल' बिचारहरूका कारण के तिनीहरू मानव निर्मित त होइन भन्ने प्रश्न खडा हुन्छ। यदि कुनै दैवी शक्ति जैविक रूपमा पूर्व निर्धारित भएको प्रमाणित भए के त्यसले हामीलार्इ वैज्ञानिक ज्ञान हुँदाहुँदै भगवानसम्बन्धी भ्रम निर्माण गर्न देला?

अनुसन्धानकर्ताहरुसँग सबै प्रश्नको उत्तर नहुन नि सक्छ। हामीले धार्मिक किताबहरूमा देखेको भन्दा वैज्ञानिक रूपमा देखा परेका दिव्यताको तस्बिर भिन्न किसिमले तयार भइरहेको छ।


धर्म अनुसार प्रभाव फरक हुन्छ?

थोमस जेफ्फर्सन युनिभर्सिटी एन्ड हस्पिटलका डाक्टर मार्कस इन्स्टिच्युट अफ इन्टिग्रेटिभ हेल्थका निर्देशक तथा न्यूरो साइन्सका प्रोफेसर डा अन्ड्रिउ निउबर्गका अनुसार फरक धर्म र त्यो धर्मसँग जोडिएर गरिने फरक किसिमका धार्मिक क्रियाकलापले व्यक्तिहरूको मस्तिष्कमा भिन्न प्रभाव पर्छ।

विभिन्न धर्मले मस्तिष्कका क्षेत्रहरुलार्इ फरक किसिमले प्रभाव पार्छ। 

'न्यूरोलोजी'सम्बन्धी किताब लेखेका अनुसन्धानमा सहभागी एक अनुसन्धानकर्ताले गरेको विभिन्न अध्ययनहरूले बौद्ध धर्मबाट प्रभावित ध्यान र क्याथोलिक ननहरुको प्रार्थनाले मस्तिष्कको अगाडिको भाग ('फ्रन्टल लोभ्स') को गतिविधि बढाउँछ।

यी क्षेत्रहरू चिन्तन ,एकाग्रता, योजना निर्माणका तरिका,परियोजना निर्माण गर्ने क्षमता र जटिल तर्क निर्माण गर्न सक्ने क्षमताहरुसँग सम्बन्धित छन्।

ध्यान र प्रार्थना  मस्तिष्क महत्त्वपूर्ण कोर्टेक्स ('पारिटल लोभ्स') हरुको घट्ढो गतिविधिहरूसँग सम्बन्धित हुन्छन्। 'पारिटल लोभ्स'ले 'टेम्पोरल र स्पाटियल ओरेन्टेसन' सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।

ध्यान गर्दा अपनाउने 'भिज्युलाइजेशन टेक्निक्स'हरू भन्दा शब्दका माध्यमबाट प्रार्थना गर्ने हुँदा त्यसले मस्तिष्कको 'सबपारिटल लोभ्स' को गतिविधि बढाउने काम गर्दछ।

अरू धार्मिक अभ्यासहरूले मस्तिष्कको सोही भागमा फरक प्रभाव पार्न सक्छ। डा निउबर्ग सम्मिलित एक अध्ययनले इस्लाम धर्ममा गरिने प्रार्थना (अल्लाह सामु आफूलार्इ आत्मसमर्पण गर्ने भाव रहेको)ले 'प्रि फ्रन्टल कर्टेक्स' र त्यसैसँगै जोडिएको 'फ्रन्टल लोभ्स' र 'पारिटल लोभ्स'को गतिविधि घटाउँछ।

परम्परागत रूपमा 'प्रि फ्रन्टल कर्टेक्स' नियन्त्रण, अनियन्त्रित व्यवहार र निर्णय गर्न सक्ने क्षमतामा संलग्न हुने विश्वास थियो। त्यसैले अनुसन्धानकर्ताहरुले कुनै तत्वलार्इ नियन्त्रण गर्न खोज्ने अभ्यासले मस्तिष्कको सञ्चालनमा कमी ल्याउने अनुमान गरेका छन्।


धर्म 'यौन, लागूऔषध र रक एन्ड रोल' जस्तै

मेडिकल न्युज टुडेले प्रकाशित गरेको एक रिपोर्ट अनुसार धर्मले 'यौन, लागू औषध र अरु लत बस्ने बानीहरु' झैँ मस्तिष्कका 'सर्किट'हरुलार्इ सक्रिय बनाउँछ।

युनिभर्सिटी अफ उथाह स्कुल अफ मेडिसिनका डा जेफ एन्डर्सनको नेतृत्वमा गरिएको अनुसन्धानमा 'फङ्सनल एमआरआई स्क्यानर'को प्रयोग गरी १९ युवाहरु मष्तिष्कको अध्ययन गरिएको थियो।

अध्ययनका क्रममा सहभागीहरूले कुनै प्रकारको 'आत्मा' ( अदृश्य शक्ति) महुसुस' गरेको बताएका थिए। तीव्र आध्यात्मिक भावहरू महसुस गरेकाहरूमा मस्तिष्कका विभिन्न गतिविधि बढ्ने देखिएको थियो।

संगीत सुन्दा, जुवा खेल्दा, लागूऔषध सेवन गर्दा र यौन क्रियाकलापमा संलग्न हुँदा मस्तिष्कका 'प्लेजर र रिवार्ड प्रोसेसिङ एरिया'हरु सक्रिय हुन्छन्।

'अध्ययनमा सहभागी भएकाहरुलार्इ उनीहरुलार्इ साथ दिने व्यक्तिका बारेमा सोच्न, आफ्नो परिवारसँग समय बिताइरहेको, उनीहरुको उपलब्धिबारे सोच्न भन्दा उनीहरूका मस्तिष्क र शरीरले शारीरिक रूपमा प्रतिक्रिया दिए' अध्ययन प्रतिवेदनका एक लेखक माइकल फर्गुसनले बताए।

आध्यात्मिक अभ्यासहरूमा संलग्न हुँदा त्यसले 'सेरोटोनिन (ह्यापीनेस न्यूरोट्रान्समिटर र एन्ड्रोफिन्स)' को मात्रा बढाउने पहिलाका अध्ययनहरूले निकालेको निष्कर्षसँग अहिलेको अध्ययनको निष्कर्ष मिल्न जान्छ। धर्मको त्यस्तो 'न्यूरो फिजियोलोजिकल' प्रभावहरूले 'धर्म मानिसहरूका लागि नशा हो' भन्ने कुरालार्इ जोड दिन्छ।

 

शरीरका अनुभवहरू शरीर बाहिर हुन्छन्

'न्यूरो इम्याजिङ टेक्निस'मा आएका प्रगतिहरूले हामीले हाम्रो मस्तिष्कहरूले आध्यात्मिक वा रहस्यमय अनुभवहरू कसरी सिर्जना गर्छ भन्ने बारे बुझ्न सक्छौँ। कोही कोठामा रहेको वा हामीले आफ्नो शरीर छाडेर अरूमा प्रवेश गरेको अनुभव के बाट हुन्छ भन्ने प्रश्नहरूको उत्तर थाहा पाउन सकिन्छ।

डा एन्डर्सन भन्छन् 'पछिल्ला केही वर्षमा 'ब्रेन इम्याजिङ टेक्नोलोजी'हरुको विकासले हामीलार्इ शताब्दीदेखिका प्रश्नहरूका बारेमा खोज गर्न प्रेरित गर्छ।'

जर्जटाउन युनिभर्सिटी मेडिकल सेन्टरका प्रोफेसर जेम्स जियोर्डानो भन्छन् 'हामी मानिसहरू 'इक्स्टासी मोड' मा कसरी पुग्छ भनेर बुझ्न समेत सफल भएका छौँ।'

जियोर्डानो  भन्छन् 'जब मस्तिष्कका विभिन्न कर्टेक्सका गतिविधिहरू बढ्ढै वा घट्दै जान्छन् हाम्रो शारीरिक सीमाहरू परिवर्तन हुन्छन्।'

अनुसन्धानले उनले भनेको कुराहरू पुष्टि गरेको छ। भियतनामका भेटरनसहरुले गरेको अध्ययनले मस्तिष्कको 'डोरसोल्याटेरल प्रि फ्रन्टल कर्टेक्स'मा चोट परेको मान्छेहरुमा रहस्यमय अनुभवहरु धेरै हुने गरेको तथ्य देखाएको थियो।

जियोर्डानो  भन्छन् 'मस्तिष्कका यी भागहरूले संसारका अन्य बस्तुहरूसँग हाम्रो सम्बन्ध र शरीरीक गतिविधिलार्इ नियन्त्रणमा राख्छ। तसर्थ 'आउट अफ बडी' र 'एक्सटेन्डेड सेल्फ' धारणा र सनसनीहरुले मानिसमा हुने रहस्यमय अनुभवहरू स्वीकार गरेका छन्। दायाँ र बायाँका 'टेम्पोरल लोभ्स'का गतिविधि परिवर्तन भएको भनेर हामी भन्न सक्छौँ।'

'पार्टियल लोभ्स' पनि यस्तो एउटा भाग हो जसले प्रार्थनाका क्रममा मस्तिष्कको गतिविधिलार्इ कम गर्छ। 

 

के हामीले चाहे बमोजिम 'भगवान निर्माण' गर्न सक्छौँ?

'न्यूरोसाइन्टिफिक' प्रविधिको प्रयोगबाट धार्मिक अनुभवको न्यूरोलोजिकल कारणहरू पत्ता लगाउन सकिन्छ भन्ने मान्यता रहेको छ। के यसको मतलब हामीले धर्म वा भगवानलार्इ आफै बनाउन सक्छौँ?

यो एक सैद्धान्तिक प्रश्न मात्र होइन किनभने सन् १९९० मा लउरेनटियन युनिभर्सिटीका न्यूरोसाइन्स विभागका निर्देशक डा माइकल परसिनगरले 'गड हेल्मेट' निर्माण गरेका थिए। 

यो यन्त्रले धार्मिक अनुभवहरुलार्इ चुम्बकीय कोणहरू प्रयोग गर्दै एकीकृत गर्दै एक व्यक्तिको टेम्पोरिटल लोब्ससँग अनुकरण गर्न सक्थ्यो।

परसिन्गरले गरेको प्रयोगमा सहभागीमध्ये २० जना धार्मिक व्यक्तिहरूले उक्त यन्त्र लगाएको अवस्थामा भगवानको अस्तित्व महसुस गरेको वा कोठामा भगवानलार्इ देखेको बताएका थिए। ८० प्रतिशत सहभागीहरूले कुनै शक्तिको महसुस गरेको र उनीहरुले त्यसलार्इ 'भगवान' बताएका थिए।

आफूले गरेको प्रयोगबारे डा परसिन्गर भन्छन् 'मानिसहरू अस्पष्ट हुँदा आफ्नै वरिपरिको आवरण र संवेदनालार्इ भगवान भन्छन् भन्नेबारे मलार्इ शंका रहेको छ। तर, उनीहरूले प्रयोगशालामा लेवलहरू पार गर्न अनिवार्य थियो। यदि यन्त्रहरू र अनुसन्धानले भगवानको अस्तित्व निर्माण गरेको भए त्यसले भगवानको 'एक्स्ट्रा पर्सनल', अपरिहार्य र स्वतन्त्र गुणहरु युक्त व्याख्यामाथि चुनौती थपिनेछ।'

धार्मिक भावनाहरु उत्पन्न गर्न यस्ता प्रयासबारे प्रश्न गर्दा डा निउबर्ग भन्छन् 'हामी ती अनुभवहरु कसरी समान हुन गए भन्ने विषयमा सचेत हुनुपर्छ।'

मानिसहरुले धार्मिक आस्था उजागर गर्न पहिलादेखि नै धेरै प्रयास गरेका थिए। उनीहरुले 'साइकिडेलिक' अनुभव बढाउन ध्यान र प्रार्थना गर्ने गर्दथे।

चाहे त्यो 'साइकिडेलिक' होस वा 'गड हेल्मेट' होस्, डा निउबर्ग भन्छन् 'हामीले यस्ता प्रक्रिया र प्रभाव बुझ्न विस्तृत बुझार्इहरु बनाएका छौँ। उनीहरुबाट हुने प्रभाव कसरी बढाउने भन्ने कुराबारे हामीले अझै धेरै राम्रो गर्न सक्छौँ।'

 

न्यूरोथियोलोजी र धर्मको भविष्य

न्यूरो वैज्ञानिकहरूले धार्मिक मस्तिष्कमा हुने प्रभाव बुझ्न अझै धेरै प्रयास गरिरहेका छन्। डा निउबर्ग भन्छन्, 'न्यूरोथियोलोजीको दायरा जति बढे पनि हामी अझै सतहमै खोज गर्दैछौं।'

उनले 'न्यूरोथियोलोजी'ले धर्म र आध्यात्मिक चिन्तनले मानिसको विश्वास र चलनका आधारमा उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने विषयमा पत्ता लगाउनेमा आशावादी रहेको बताए।

न्यूरोथियोलोजीले न्यूरोलोजिकल र मानसिक अवस्थाका कारण उत्पन्न हुने विभिन्न समस्याहरू भएका व्यक्तिहरुलार्इ सहयोग गर्न 'थेरापिटिक' दृष्टिकोणहरूको विकास गरेको छ।

अन्ततः 'न्यरोसाइन्स'ले प्रकृतिको वास्तविक, चेतना र आध्यात्मिकताबारे बर्षौदेखि रहेको प्रश्नको उत्तर दिने आशा गरिएको छ।

हामीले ती प्रश्नहरूको उत्तर नपाएसम्म धर्म कतै पनि जाने छैन। हाम्रो मस्तिष्कको बनावटले त्यसलार्इ अनुमति दिँदैन। हाम्रो मस्तिष्क जेका लागि बनेको हो त्यसबाट धर्मले आफूलार्इ चाहेको कुरा पुरा गर्ने डा निउबर्ग बताउँछन्।

डा निउबर्ग भन्छन् 'जबसम्म हाम्रो मस्तिष्कमा मौलिक परिवर्तन हुँदैन, तबसम्म धर्म र आध्यात्मिक्ता हाम्रो साथमा लामो समयसम्म रही रहनेछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell