काठमाडौँः रौतहटको लालबकैया नदीमा डुङ्गा दुर्घटनामा हुँदा हराइरहेकामध्ये एक जनाको शव फेला परेको छ। करिब ४२ वर्षीय रुना देवी कुर्मीको र अन्य एक जनाको शव फेला परेको हो। नेपाल भारत सीमाभन्दा १० किलोमिटर पर शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी केदार ढकालले जानकारी दिए।
ढकालका अनुसार २२ जना सम्पर्कमा आएका छन्।
‘डुङ्गा चालकका अनुसार अझै ३ जना हराइरहेका अनुमान छ’ एसपी ढकालले भने। डुङ्गामा कति व्यक्ति सवार थिए भन्ने यकिन भएको छैन।
सदरमुकाम गौरको टिकुलियाघाटतर्फ आउँदै गरेको डुङ्गा लालबकैया खोलामा आएको बाढीले अनियन्त्रित भई शनिबार साँझ ७ बजेतिर दुर्घटनामा परेको थियो। दुर्घटनामा परेको डुङ्गा नदीबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ।
घटनापछि उद्दारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीले खेजी कार्य जारी राखेका छन्।