PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

'कलाका कुरा'को २६ औं शृंखला



पहिलोपोस्ट

'कलाका कुरा'को २६ औं शृंखला

काठमाडौं : 'कलाका कुरा'को २६ औं शृंखला सम्पन्न भएको छ। नेपाल ललितकला पत्रकार समाज (सोफाज)ले नियमित गर्दै आएको ‘कलाका कुरा’मा आलोक गरुङले नेपाली संस्कृतिलाई कलामा उतारेर देश विदेशमा पुर्‍याउनुपर्ने बताए।

उनले राज्यले कलाक्षेत्रको विकासका लागि विशेष ध्यान दिनुपर्ने बताए। साथै भने, ‘कलाले देशको पहिचानलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले राज्यले कला र कलाकारको संरक्षण र प्रबर्धनमा ध्यान दिनुपर्छ।’

तनहुँमा जन्मिएका ६५ वर्षीय कलाकार गुरुङले पोखरामा रहेर कलाकर्ममा लागिरहेका छन्। उनले बनाएका चित्र नेपालका विभन्नि स्थानका साथै विश्वका विभिन्न मुलुकमा पुगेका छन्।

उनको पहिलो चित्र लेनिन थियो। उनले लेलिनको पोस्टरलाई पहिलो पटक चित्रमा उतारेका थिए। त्यसपछि विभिन्न रङ, ब्रस, कार्डबोर्ड हुँदै क्यानभास लगायतका माध्यममा विभिन्न व्यक्ति, पत्रिकामा छापिएका हिरो, हिरोइनका तस्बिरलाई उतार्न थालेका थिए।

अहिले उनी कला सिक्न चाहनेहरूका सिकाउँछन् पनि। आफूले सिकाएका कत्ति कलाका विद्यार्थी स्थापित भइसकेका उनी बताउँछन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell