PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

निकको नयाँ गीतको भिडियोमा प्रियंका कि अरु ?



पहिलोपोस्ट

निकको नयाँ गीतको भिडियोमा प्रियंका कि अरु ?

गायक निक जोनसले नयाँ गीत सार्वजनिक गरेका छन्। हालै बलिउड अभिनत्री प्रियंका चोपडासँग इन्गेजमेन्ट गरेका निकले 'राइट नाउ' बोलको गीत सार्वजनिक गरेका हुन्।

जर्मनका संगीतकार रोविनसँग मिलेर उनले गीत सार्वजनिक गरेका हुन्। निकले प्रियंकाको सम्झनामा यो गीत गाएका हुन्। गीतमा समावेश शब्दहरु प्रियंकाबाट प्रभावित छन्। निकले गीतमा 'तिमी मेरो जुन, पानी, तारा, सुर्य' जस्ता शब्द प्रयोग गरेका छन्। गीतको अफिसियल भिडियो बनेको छैन। गीतको भिडियोमा प्रियंका फिचर्ड हुने सम्भावना रहेको बलिउड मिडियामा उल्लेख छन्।

प्रियंका हलिउड टिभी सिरिज 'क्वान्टिको'को अभिनेत्री पनि हुन्। अब 'क्वान्टिको'को अभिनेत्रीले निकको गीतमा अभिनय गर्लिन् ? त्यो त पछि नै थाह हुनेछ। निक र प्रियंकाको प्रेम २०१७ को मेट गालाबाट सुरु भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell