PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

'किड क्विन नेपाल–२०१८'को ट्यालेन्ट सो

'किड क्विन नेपाल–२०१८'को ट्यालेन्ट सो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: 'किड क्विन नेपाल–२०१८' का प्रतिस्पर्धीहरु ट्यालेन्ट सोमा सहभागी भएका छन्। बालिका तथा किशोरीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगितालाई नेप्लीज फेसन होमले आयोजना गर्न लागेको छ।  

ट्यालेन्ट सोमा १८ जना प्रतिस्पर्धीहरुले प्रतिभा प्रदर्शन गरेका हुन्। अधिकांशले नृत्य प्रदर्शन गरे। ओजस्वी महर्जन, ‍जेनिशा तामाङ, नसाना महर्जन, आयुष्मा सिम्खडा, लगायतले नृत्य प्रस्तुत गरेका थिए। प्रतिस्पर्धी सम्बृद्धि श्रेष्ठले चित्रकला प्रदर्शन गरेकी थिइन् भने प्रिया श्रेष्ठले गायन कला प्रस्तुत गरेकी थिइन्।

अनुभूति गिरीले पियानो वादन गरेर प्रतिभा प्रदर्शन गरे। लूमिला जोशीले अभिनय गरेकी थिइन्।

सोका निर्णायकमा फोटोग्राफर शिवलाल श्रेष्ठ, उज्वल कृष्ण श्रेष्ठ, अञ्जु श्रष्ठ, चन्द्रमणि गौतम, सरिशा श्रेष्ठ, सृष्टि शाक्य, अशोक श्रेष्ठ, प्रविणा रावल रहेका थिए। १५ औं संस्करणको किड क्विन नेपाल–२०१८ को फिनाले भदौ १६ गते राष्ट्रिय सभा गृहमा हुनेछ।

 



ट्रेन्डिङ पोस्ट

Ncell