PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

एसियाड : भारोत्तोलक ताराको तीन राष्ट्रिय कीर्तिमान



पहिलोपोस्ट

एसियाड : भारोत्तोलक ताराको तीन राष्ट्रिय कीर्तिमान

इण्डोनेसियमा भइरहेको १८औँ एसियाली खेलकूदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आइतवार तीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्।

१२औँ दक्षिण एशियाली खेलकूद (साग) की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कूलमा १७५ केजीको भार वहन गरिन्।

यसअघि स्न्याचमा ताराको नाममा ७३ केजीको कीर्तिमान थियो। ताराले स्न्याचमा तेस्रो लिफ्टमा कीर्तिमान रचेकी हुन्। पहिलो लिफ्टमा ७० केजी उठाएकी तारा दोस्रो लिफ्टमा ७४ केजी भार वहन असफल रहिन्। तेस्रो लिफ्टमा मात्र तारा ७४ केजी वजन उचाल्न सफल भएकी थिइन्।

क्लिन एन्ड जर्कमा ९७ केजी र कूलमा १७० केजीको कीर्तिमान पनि ताराकै नाममा थियो। तीनै कीर्तिमान ताराले नेपालगञ्जमा गत जेठमा भएको एशियाली खेलकूदको छनोटमा राखेकी थिइन्। क्लिन एण्ड जर्कमा ताराले तीन लिफ्टमा क्रमशः ९३ केजी, ९८ केजी र १०१ केजी भारवहन गरेकी थिइन्। ताराले दोस्रो लिफ्टमै आफ्नो ९७ केजीको कीर्तिमानमा सुधार गरिसकेकी थिइन्।

भारोत्तोलनमा नेपालको प्रतिस्पर्धा सकिएको छ। तारासहित चार खेलाडीले भारोत्तोलनमा प्रतिस्पर्धा गरेका थिए। त्यसमा सञ्जु चौधरी र कमलबहादुर अधिकारीले पनि राष्ट्रिय कीर्तिमान बनाए भने विकास थापा राष्ट्रिय कीर्तिमान बनाउन असफल भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ।

 

प्लाराग्लाइडिङ

प्याराग्लाइडिङको टोली क्रस कन्ट्री इभेन्टको दोस्रो चरण सकिँदा नेपाली पुरुष टोली तेस्रो स्थानमा रहेको छ। नेपाली टोलीले दोस्रो चरणसम्म दुई हजार ९४९ अंक जोडेको छ। नेपाली टोलीबाट विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापाले खेलिरहेका छन्। तीन हजार ८१८ अङ्क जोडेर इण्डोनेसिया शीर्ष स्थानमा छ।

दोस्रो स्थानमा रहेको दक्षिण कोरियाको तीन हजार १३९ अङ्क छ। दुई हजार ७७५ अङ्क जोडेर चौथो स्थानमा रहेको जापानले नेपाललाई पछ्याइरहेको छ। महिलातर्फ दोस्रो चरणको खेल सकिँदा नेपाली टोली पाँचौँ स्थानमा झरेको छ। अघिल्लो दिन नेपाली महिला टोली चौथो स्थानमा थियो।

नेपाली महिला टोलीले अहिलेसम्म ६३८ अङ्क जोडेको छ। नेपाली टोलीमा प्रतिभा भुजेल, त्रिसा श्रेष्ठ बम्जन तामाङ र सविता तामाङ छन्। यो इभेन्टमा दक्षिण कोरिया पहिलो, जापान दोस्रो, इण्डोनेसिया तेस्रो र थाइल्याण्ड चौथोमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell