PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

ला लिगा : रियल मड्रिडको पुनरागमन जितमा बेन्जामाको दुई गोल



पहिलोपोस्ट

ला लिगा : रियल मड्रिडको पुनरागमन जितमा बेन्जामाको दुई गोल

स्पानिस ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियल मड्रिडले गिरोनालाई उसैको मैदानमा ४-१ ले पराजित गरेको छ।

अवे मैदानमा एक गोलले पछि परेको अवस्थामा रियलले पुनरागमन जित हात पारेको हो। रिलयका लागि करिम बेन्जमाले २ तथा कप्तान सर्गियो रामोस र गारेथ बेलले एक-एक गोल गरे।

खेलको १७औँ मिनेटमा बोजा गार्सियाले गोल गर्दै घरेलु टोली गिरोनालाई अग्रता दिलाएका थिए।

तर रियलले लगातार दुई वटा पेनाल्टी पाउँदा अग्रता लियो। ३९औँ मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे। दोस्रो हाफमा पाएको पेनाल्टीमा बेन्जामाले गोल गरेपछि रियलले ५२औँ मिनेटमा २-१ को अग्रता बनायो। रियलका लागि बेलले ५९औँ र बेन्जामाले ८०औँ मिनेटमा गोल गरे।

यस सिजन बार्सिलोनासँगै रियलले पनि लगातार दुई खेल जितेको छ। गोलअन्तरमा रियल अगाडी रहदै अंकतालिकामा शीर्ष थानमा छ।

गएराती कै अन्य खेलमा स्पानयोलले भ्यालेन्सियालाई २-० ले हरायो। सेभिया र भियारियलले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell