PahiloPost

May 16, 2026 | २ जेठ २०८३

चितवनमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु



पहिलोपोस्ट

चितवनमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

चितवनः बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी २५/३० वर्षीया महिला रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

राजविराजबाट काठमाडौँ जान आउँदै गरेको ना ५ ख १५६२ को बसले आज बिहान २ः३० बजे भरतपुर महानगरपालिका–१ रामनगरमा महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा बिहान ५ः२० बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। महिलालाई ठक्कर दिने बस र बसका चालकलाई प्रहरी नियन्त्रणामा लिइएको छ। मृतकको सनाखत हुन सकेको छैन। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell