PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

एउटै भिडियोमा पल, पुष्पसँगै निराजन र दीपिका



पहिलोपोस्ट

एउटै भिडियोमा पल, पुष्पसँगै निराजन र दीपिका

काठमाडौं: पल शाह र पुष्प खड्कालाई एक समय म्यूजिक भिडियो गर्न भ्याइनभ्याई हुन्थ्यो। उनीहरुलाई एकअर्काका प्रतिस्पर्धी पनि भन्थे। तर म्यूजिक भिडियोमा काम गर्दै गर्दा उनीहरुले फिल्मतिर प्रवेश गरे।

दुवैको फिल्म प्रवेश सफल रह्यो। पल अभिनित पछिल्लो फिल्म 'शत्रुग'ते सफल नै भयो। डेब्यू फिल्म 'दर्पणछायाँ २' त्यति नचले पनि पुष्पको दोश्रो फिल्म 'मंगलम'लाई दर्शकले रुचाए। फिल्मले व्यवसायिक सफलता बटुल्यो।

पल अहिले फिल्मबाट फेरी म्यूजिक भिडियोमा फर्केका छन्। यता हालै 'दाल भात तरकारी'मा अनुबन्धित भएका पुष्पले पनि म्यूजिक भिडियो गर्न छाडेका छैनन्। अहिले पुष्प र पल एउटै भिडियोमा देखिएका छन्। हालै सार्वजनिक एक भिडियोमा पुष्प र पलसँगै निराजन प्रधान र अभिनेत्री दीपिका प्रसाईं फिचर्ड छन्।

अम्बिका गुरुङकको शब्द तथा सुमन केसीको स्वरमा 'आदत २'बोलको नयाँ भिडियोमा उनीहरु एकसाथ देखिएका हुन्। शान थापाको निर्देशनमा बनेको गीतको भिडियोमा शंकर थापा स्माइलको संगीत रहेको छ। भिडियोलाई अर्जुन तिवारी र बुद्ध थापाले छायाँकन गरेका हुन्। सुप्रिम पराजुली भिडियो सम्पादक हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell