PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

बिम्स्टेकमा आउने भीभीआर्इपीका लागि बिहीवार अढार्इ घण्टा त्रिभुवन विमानस्थल बन्द



वसन्तराज उप्रेती

बिम्स्टेकमा आउने भीभीआर्इपीका लागि बिहीवार अढार्इ घण्टा त्रिभुवन विमानस्थल बन्द

काठमाडौँ: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)  सम्मेलनका लागि विहिबार अढार्इ घण्टा त्रिभुवन विमानस्थल बन्द गरिने भएको छ।

बिम्स्टेक सम्मेलनका लागि विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष आउँदा विमानस्थलका अरु नियमित उडान बन्द हुनेछ। विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार विहिबार विहान ८ बजेदेखि साढे १० बजेसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द हुनेछ।

'विहिबार विहान आठ बजेदेखि साँढे १० बजेसम्म संचालन हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय कम्पनीलाई हामीले आइतबार अढाइ घण्टाको लागि उडान अवतरण निषेध गर्नका लागि नोट्याम (नोटिस टु एयरम्यान)का लागि पत्राचार गरिसकेका छौं,उनले भने।

दुई दिनको लागि विमानस्थलमा निजी तथा व्यवसायिक सवारी साधन आउजाउमा कडाइ गरिने र धेरै समय रोक्न नदिइने उनले बताए। वुधबार श्रीलङ्काका राष्ट्रपति मैत्रिपाल श्रीसेना र भुटानका प्रधान न्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक नेपाल आउने छन् भने  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान सम्मेलन उद्घाटनका दिन भदौ १४ मा काठमाडौं आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell