काठमाडौं: प्रत्येक वर्षा प्रज्ञा भवनमा आयोजना गर्दै आएको गाईजात्रा कार्यक्रम यसपाली हुन सकेन। यसपटक भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमै सीमित बन्यो कलाकारको गाईजात्रा प्रस्तुति। हल पुनःनिमार्णका कारण हास्य कलाकारहरुले 'गाईजात्रा विशेष साक्षात्कार कार्यक्रम' रिपोर्टर्स क्लबमा आयोजना गरेका हुन्।
गाईजात्रा देखाउने गतिलो हल नहुनु नै गाईजात्रा भएको दीपकराज गिरीले कार्यक्रममा भने। उनले भने 'कलाकारहरुले गाईजात्रा देखाउने एउटा गतिलो हलसम्म छैन्, यो भन्दा ठूलो गाईजात्रा के हुन सक्छ ? यसपालि केही कलाकारहरुले मात्रै गाईजात्रा देखाउनेमा हुनुहुन्छ, हामीले प्रज्ञा भवनमा गर्ने गरेको हल पूनःनिमार्णको काम भईरहेको कारण यसपाली ज्ञाईजात्रा देखाउन पाएऽनौ, गाईजात्रासँग भावना र संस्कृति जोडिएको छ, यसलाई बचाईराख्नु हाम्रो कर्तव्य हो।'
त्यस्तै हास्यकलाकार मनोज गजुरेलले कार्यक्रममा सरकारका मन्त्रीहरु सत्ता, शक्ति र सम्पत्तिको मरिमेट्ने गरेको आरोप लगाउँदै जनताले दुःख पाएको बताए। व्यङ्ग्यात्मक शैलीमा भने 'हाम्रा मन्त्रीलाई पाँच पाँच जोड्दा कति हुन्छ ? भनेर सोध्ने हो भने ११ हुन्छ भन्नु हुन्छ, ११ कसरी भयो भनेर सोध्ने हो भने करको लागि छुट्याएको भन्नुहुन्छ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराज ज्ञानेन्द्र शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प लगायत व्यक्ति र राजधानीको जामका विषयमा व्यङ्ग्य प्रस्तुत गरेका थिए।
प्रस्तुतिको क्रममा गजुरेलले पत्रकार धमला कै व्यङ्ग्य गरेका थिए। क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न गाईजात्रा दीपकले प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले हाँस्यव्यङ्ग्य कलाकारको जागिर खोसिदिएको आरोप लगाएका छन्।
'गाईजात्रा व्यङग्यको पर्व हो, तर बलात्कार जस्तो दुःखद र अत्यचारको विषयलाई पनि कलाकारहरुले प्रहशन गर्नुपर्ने स्थिति छ, अर्को तर्फ प्रधानमन्त्री केपीशर्मा ओलीले जनतालाई खुब हसाई राख्नु भएको छ, केही समयका लागि हामी मौन बस्नुपर्ने अवस्था छ, उहाँले जनताको काम गर्ने भन्दापनि हसाँउने काम गरिरहनु भएको छ।'
जितु नेपाल (मुन्द्रे)ले वर्तमान सरकारले व्यङ्ग्य पचाउन नसक्ने बताए। उनले भने,'वर्तमान सरकार कलकारको कुरा सुन्न र व्यङ्ग्यलाई बुझ्न सक्ने स्थितिमा छैन्, अहिले त कसैले सरकारको गल्तिका बारेमा व्यङ्ग्य गरे भने उल्टै जेल पठाउने कानून बनाउदैछन्, बोल्न पनि डरमर्दोछ, कुनै मन्त्रीको व्यङ्ग्य गर्ने हो भने जेल हालिदिने खतरा छ।'
त्यस्तै कार्यक्रममा दमन रुपाखेतीले वर्तमान सरकार मुलुकको अवस्था प्रति संवेदनशिल नभएको आरोप लगाएका छन्। उता निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणलाई स्मरण गदै अर्का केदार घिमिरे (माग्नेबुढा)ले प्यारोडि गीत गाएर सुनाए।
घिमिरेले धमलालाई आफ्नो पछाडि नै उभ्याएर धमलाको नाममा गीतसमेत गाएका थिए। कार्यक्रममा हास्यकलाकारले पत्रकार धमलामाथि व्यङ्गय एवम् प्रशंसा गरेका थिए।