PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडको पोष्टमा टोटनहमको ३ गोल, लण्डन क्लबको शतप्रतिशत जित



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेडको पोष्टमा टोटनहमको ३ गोल, लण्डन क्लबको शतप्रतिशत जित

प्रिमियर लिगअन्तर्गत गएराती भएको एक मात्र खेलमा टोटनहमले म्यानचेष्टर युनाइटेडलाई ३-० ले पराजित गरेको छ।

युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लण्डन क्लब टोटनहमले सबै गोल दोस्रो हाफमा गरेको थियो।

ह्यारी केनले ५०औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएको टोटनहमका लागि लुकास माउराले ५२औँ र ८४औँ मिनेटमा गोल गरे।

यस सिजनमा टोटनहमको यो लगातार तेस्रो जित हो र तेस्रो चरणको समाप्तीसम्म शतप्रतिशत जित हात पार्नेमा टोटनहमले लिभरपुल, चेल्सी र वाटफोर्डसँग बराबरी गरेको छ।

लगातार ३ जितपछि ९ अंक जोडेको टोटनहम गोलअन्तरमा लिभरपुल भन्दा पछि छ र अंकतालिकामा दोस्रो स्थानमा छ।

सिजनको दोस्रो हारपछि युनाइटेड भने १३औँ स्थानमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell