PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

लालबकैया डुङ्गा दुर्घटनाः हालसम्म चार जनाको शव फेला, एक जनाको खोजी जारी



पहिलोपोस्ट

लालबकैया डुङ्गा दुर्घटनाः हालसम्म चार जनाको शव फेला, एक जनाको खोजी जारी
फाइल फोटो

काठमाडौँः गत शनिबार साँझ रौतहटको लालबकैया खोलामा डुंगा डुबेर हराइरहेकामध्ये चार जनाको शव फेला परेको छ। गृह मन्त्रालयको आपतकालीन उद्धार केन्द्रका अनुसार मंगलबार बिहानसम्म चार जनाको शव फेला परेको हो। केन्द्रका अनुसार हराइरहेका एक जनाको खोजी कार्य जारी छ।

#Update
मिति २०७५/०५/०९ गते राैतहडकाे कुलियाघाट स्थित बकैया खोलाको पुलमा शनिबार साँझ काठको डुंगा दुर्घटना हुँदा हराईरहेका मध्य हाल सम्म ४ जनाकाे शव फेला परेकाे १ जनाकाे खाेजी कार्य जारी रहेकाे ।

सदरमुकाम गौरको टिकुलियाघाटतर्फ आउँदै गरेको डुङ्गा लालबकैया खोलामा आएको बाढीले अनियन्त्रित भई शनिबार साँझ ७ बजेतिर दुर्घटनामा परेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell