
के तपार्इँलार्इ पहिलाभन्दा सुस्त रुपमा टाउको दुख्ने, नाकबाट रगत बग्ने, रिँगटा लाग्ने हुन्छ?
यस्ता लक्षणहरू ज्यानलार्इ खतरा हुने अवस्था वा अत्याधिक रक्तचाप बढेको अवस्थामा बाहेक देखा पर्दैन।
यसलाई चिकित्सकीय भाषामा 'हाइपर टेन्सन' भनिन्छ।
एक अध्यन अनुसार 'हाइपर टेन्सन'ले पाँच युवामध्ये एक जनालार्इ प्रभावित गर्ने तथ्य सार्वजनिक गरेको छ। ५० वर्षभन्दा बढी उमेरका मान्छेहरूमा अत्यधिक मृत्यु हुनुको कारणमध्ये 'हाइपर टेन्सन' पनि एक हो।
'हाइपर टेन्सन' के हो?
उच्च रक्तचापलार्इ 'हाइपर टेन्सन' भनेर चिनिन्छ। यो अवस्थामा 'आर्टेरिज' मा अत्याधिक प्रेसर (चाप) हुने गर्दछ।
प्रेसर बढ्दै गएको खण्डमा मुटुले शरीरका कणहरूमा पर्याप्त मात्रामा चाहिने रगत पठाउन धेरै काम गर्नुपर्ने हुन्छ। यसबाट 'आर्टेरिज' मा गहिरो चोट पर्न जान्छ।
त्यसैले 'हाइपर टेन्सन'बाट बच्न मानिस सावधान हुनुपर्छ। धेरै चोटी अनियन्त्रित 'हाइपर टेन्सन'का कारण मुटु रोग, हृदयघात, 'डिमेन्सिया', 'इरेक्टाइल डिस्फङसन' र फोक्सो खराब हुने सम्भावना धेरै हुन्छ।
'हाइपर टेन्सन' को कारण के हो?
९५ प्रतिशत 'हाइपर टेन्सन'का केसहरुमा भित्री कारण थाहा पाउन सकिएको छैन। भित्री केस थाहा नपाउने 'हाइपर टेन्सन'लार्इ 'इसेन्सियल हाइपर टेन्सन' भनिन्छ। 'इसेन्सियल हाइपर टेन्सन' रहस्यमय हुने गर्छ।
हाइपर टेन्सन खतराको लक्षण हो। 'हाइपर टेन्सन' एकै परिवारका सदस्यहरूमा हुनसक्छ। यसले महिलाभन्दा बढी पुरुष प्रभावित हुन्छन्। तर, खानपान र जीवनशैलीको कारण 'हाइपर टेन्सन' बढ्न सक्छ।
'साइलेन्ट किलर'
'हाइपर टेन्सन'लाई 'साइलेन्ट किलर' पनि भन्ने गरिन्छ। यो प्राय कुनै पनि चेतावनी र लक्षण बिना देखापर्छ। धेरै मानिसहरुलार्इ आफूलार्इ 'हाइपर टेन्सन' भएको बारे थाहा हुन्न। त्यसैले आफ्नो रक्तचापको अवस्था बुझ्न नियमित रूपमा रक्तचापको परीक्षण गराउनु पर्छ।
एक वयस्क व्यक्तिको साधारण रक्तचाप १२०/८० को हुन्छ। 'हाइपर टेन्सन' हुँदा १४०/९० वा त्यो भन्दा धेरै हुनसक्छ। १८ वर्षको उमेरदेखि सकेसम्म वर्षमा दुर्इ पटक रक्तचापको परीक्षण गराउनु पर्छ। 'हाइपर टेन्सन' को खतरा भएका १८ देखि ४० वर्ष वा त्योभन्दा माथि उमेरका व्यक्तिहरूले भने वर्षमा एकपटक रक्तचाप परीक्षण गराउनु पर्छ।
'हाइपर टेन्सन' लार्इ नियन्त्रित गर्न नसक्दा धेरै डरलाग्दो अवस्था आउन सक्छ। 'हाइपर टेन्सन' को खतराबाट मुक्त हुन चाहनेले आफ्नो स्वास्थ्यबारे सचेत हुनुपर्छ। जीवन शैलीमा परिवर्तन नल्याए हाइपर टेन्सनबाट बच्न मुस्किल हुन्छ।
'हाइपर टेन्सन' हुने खतरा
परिवारका सदस्यहरूलार्इ 'हाइपर टेन्सन' भएमा।
धूम्रपानको बानी भए।
बढी तौल भएमा वा मोटो भएमा।
गर्भवती भएमा।
३५ वर्ष उमेरभन्दा बढी भए।
आलस्य भएमा ।
धेरै तनाव महसुस गरेमा।
निन्द्रामा श्वास फेर्न नसकेमा।
गर्भ निरोधक चक्की खाएमा।
आफ्नो जीवनशैलीमा परिवर्तन गरे 'हाइपर टेन्सन' बाट मुक्ति पाउन सक्ने चिकित्सकहरू बताउँछन्।
'हाइपर टेन्सन' रोक्न के गर्ने?
आफ्नो शरीरको तौललार्इ स्वस्थ बनाउने।
२/३ किलो तौल घटाउँदा रक्तचाप घट्छ।
नियमित रूपमा व्यायाम 'एरोबिक' गर्ने, धूमपान त्याग्ने।
तमाखुले रक्त नलीहरुमा क्षति पुर्यााउँछ र 'आर्टेरिज'को प्रक्रिया अवरोध गर्छ।
स्वस्थ खानपान गर्ने।
धेरै मात्रामा फलफूल, तरकारी, गेडागुडी र फ्याट कम हुने 'डेरी'का चिजहरू खाने।
पोटासियम धेरै भएको खानेकुराले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ। 'स्याचुरेटेड फ्याट', 'नाइट्रेट' धेरै भएको खाना कम गर्ने, जस्तै बिटरुट, फेन्नेल र लेटट्युस।
प्लास्टिकमा प्याक गरिराखेको खाद्य वस्तु खान कम गर्ने। त्यसले 'कोरेस्ट्रोल' घटाउँछ।
नुनको मात्रा नियन्त्रण गर्ने। दिनको एक चम्चाभन्दा बढी नुन नखाने। प्याकिङ गरिएको खानामा हुने नुनको मात्राका बारेमा सचेत हुने। मद्यपान कम गर्ने।
तनाव कम गर्न कोसिस गर्ने। माशंपेशीहरुलार्इ आराम दिन व्यायाम गर्ने। लामो श्वास लिई ध्यान गर्ने।