PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

आयो 'कोया कटरको'



पहिलोपोस्ट

आयो 'कोया कटरको'

काठमाडौं: फिल्म निर्माण टिमले 'कस्मिक लभ'को प्रचार सुरु गरेको छ। टिमले फिल्मको प्रचार अस्त्र गीत सार्वजनिक गरेको छ। रामचन्द्र काफ्ले र लक्ष्मी स्याङतानको आवाजमा 'कोया कटरको' बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

दिनेश सुवेदीको शब्द तथा बाबुल गिरीको संगीत रहेको गीतको भिडियोमा प्रसान्त ताम्राकार, दिया मास्के, रिजन थापा, पूजन थापा र राजाराम पौडेल फिचर्ड छन्।  मुभी मेकर्सको ब्यानरमा निर्माण भईरहेको फिल्ममा  एस.के अधिकारी र शेखर ज्ञवालीको कथा रहेको छ।

लभ स्टोरी जनरामा निर्माण भइरहेको फिल्मलाई एस.के अधिकारी र बि.एस बलामीले मिलेर निर्देशन गर्दै छन्। आगामी तिहारमा फिल्म प्रदर्शन गर्ने निर्माण टिमले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell