PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

इपीएल : जिम्बावेका अलराउण्डर सिकन्दर राजाले काठमाडौँ किंग्स ११ बाट खेल्ने



पहिलोपोस्ट

इपीएल : जिम्बावेका अलराउण्डर सिकन्दर राजाले काठमाडौँ किंग्स ११ बाट खेल्ने

काठमाडौँ : जिम्बावेका लागि १० टेष्ट र ८५ ओडिआई क्रिकेट खेलिसकेका अलराउण्डर सिकन्दर राजाले एभरेष्ट प्रिमियर लिग इपीएल मा काठमाडौँ किंग्स ११ बाट खेल्ने भएका छन्।

काठमाडौँले राजालाई तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको हो। टेले होल्डिङ प्रालीको स्वामित्वमा रहेको काठमाडौँ किंग्स ११ ले मंगलबार विज्ञप्ती जारी गर्दै राजाले इपीएल खेल्ने पक्का गरेको हो।

पीएल काठमाडौँले यसअघि नै आयरल्याण्डका अलराउण्डर केभिन ओ ब्रायन र युएईका कप्तान रोहन मुस्ताफालाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरिसकेको छ।

अलराउण्डर सिकन्दर राजाले जिम्बाबेका लागि अहिलेसम्म १० टेष्ट, ८५ ओडिआई र २८ टी-२० क्रिकेट म्याच खेलिसकेका छन्।

गत मार्चमा सम्पन्न जिम्बावेमै भएको आइसीसी वान डे वर्ल्डकप क्वालिफायरमा राजा म्यान अफ द सिरिज घोषित भएका थिए।

मुस्ताफा धनगढीमा भएको डीपीएलमा टिम चौराह धनगढीबाट खेलिसकेका खेलाडी हुन्।

इपीएलमा गत वर्षदेखि सहभागी ६ वटै टिमले तीन विदेशी खेलाडी अनिवार्य राख्नुपर्ने प्रावधान लागु गरिएको छ। नयाँ सिजनको लागि ३ विदेशी खेलाडी अनुबन्ध गर्ने काठमाडौँ पहिलो टिम बनेको छ।

चितवन टाइगर्सले पनि दुई विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ। यस्तै गत वर्षको विजेता विराटनगर किंग्सले हङकङका बाबर हायत र अंशुमन रथलाई नै निरन्तरता दिने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell