काठमाडौं: फिल्म 'मेरी मामु' प्रदर्शनको नजिक छ। भाद्र १५ देखी प्रदर्शनमा आउने फिल्मको टिम अझै फिल्मको प्रचारमा व्यस्त छन्। टिम सोमबार प्रचारका लागि चितवन पुगेको थियो।
कलाकारसँग साक्षात्कार कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले फिल्मको प्रचार गरको छ। टिममा फिल्मका निर्माता सन्तोष सेन, बालकलाकार आयुव सेन, सारुक ताम्राकार, कुसुम गुरुङ, बादल थापा थिए।
कार्यक्रममा निर्माता सेनले बाल मनोविज्ञानमा आधारित फिल्म दर्शकलाई मनपर्ने दावी गरे। फिल्म युनिटले पोखरा, बुटवल, चितवनको टाँडी बजारमा र नारायणी नदि किनारमा कन्सर्ट सम्पन्न गर्यो। यम थापा निर्देशित फिल्ममा आयुव, सारुक र कुसुमसँगै अश्लेषा ठकुरी, दुर्गा मल्ल लगायतको अभिनय छ। फिल्ममा कल्याण सिंहको संगीत र पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ। बनिष शाह र भुपेन्द्र अधिकारी फिल्मका सम्पादक हुन्।