
काठमाडौँ : भोलीदेखि मलेसियामा सुरु हुने एसिया कप छनोट क्रिकेटमा नेपालले ओमानसँग पहिलो खेल खेल्दैछ। खेल नेपालीसमय अनुसार बिहान ७:४५ बजे बायुमास ओभलमा मैदानमा सुरु हुनेछ।
नेपाल र ओमान ५० ओभरको प्रतियोगितामा अहिलेसम्म ५ पटक भिडेका छन्। जसमा नेपालले ३ खेल जित्दा ओमानले एङ्क खेल जितेको छ। यस्तै एक टुर म्याचमा ओमान विजयी भएको थियो।
गत फेब्रुअरीमा नामिबियामा भएको डिभिजन टू मा यी दुई टोली भिड्दा ओमान विजयी भएको थियो।
यस्तै सन् २०१४ को एसीसी प्रिमियर लिगमा पनि ओमान २ विकेटले विजयी भएको थियो।
पछिल्लो पाँच वर्षयता नेपालले ५० ओभरको खेलमा ओमानलाई हराउन सकेको छैन।
त्यसअघि डब्लुसिएल अन्तर्गत २०१३ को डिभिजन थ्री मा पनि नेपाल र ओमानबीच प्रतिस्पर्धा भएको थिए। जहाँ नेपालले लिग चरणमा ओमानलाई २८ रनले पराजित गरेको थियो।
२०१० मा भएको एसीसी ट्रफी एलिटमा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो। यस्तै २००२ को एसीसी ट्रफीमा नेपालले ओमानलाई १०५ रनले पराजित गरेको थियो।
नेपाल भर्सेस ओमान हेड टु हेड
२००२ एसीसी ट्रफी : नेपाल १०५ रनले विजयी
२०१० एसीसी ट्रफी एलिट : नेपाल ६ विकेट विजयी
२०१३ डिभिजन थ्री : नेपाल २८ रनले विजयी
२०१४ एसीसी प्रिमियर लिग : ओमान २ विकेटले विजयी
२०१८ डिभिजन टू : ओमान ६ विकेटले विजयी