
काठमाडौँ : एसियन गेम्स (एसियाड) मा नेपालको पुरुष भलिबल टोलीले पहिलो जित हात पारेको छ। ३२ वर्षपछि एसियाड खेलेको नेपालको पुरुष भलिबल टोलीले मंगोलियालाई हराएको हो।
इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत १३औँ-१८औँ पोसिजनको लागि भएको क्वाटरफाइनलमा नेपालले मंगोलियालाई ३-१ सेटमा पराजित गरेको हो।
पहिलो सेट टाइब्रेकरमा २८-२६ ले गुमाएपनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै लगातार ३ सेट जित्यो। नेपालले दोस्रो सेट सहजै २५-१६ ले जित्दै खेल १-१ को बराबरी गर्यो।
तेस्रो सेटमा नेपाल सुरुदेखि नै पछि परेको थियो। तर अन्तिमा उक्त पनि पनि टाइब्रेकरसम्म पुग्यो र नेपालले ३०-२८ ले जित्दै २-१ को अग्रता लियो। तेस्रो सेट नेपालले २५-२० ले जित्दै एसियाडको इतिहासमा पहिलो खेल जितेको हो।
नेपालले अब १३औँ-१६औँ पोजिसनको लागि हुने सेमिफाइनलमा दक्षिण एसियाली राष्ट्र श्रीलंकासँग खेल्नेछ।
एसियाडको पुल डी मा रहेको नेपालले यसअघि चाइनिज ताइपेई र दक्षिण कोरियासँग ३-० को सोटो सेटमा हार बेहोरेको थियो।