PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

म्यान्मारका राष्ट्रपति काठमाडौं उत्रिँदै, अबको केही समय यी सडक हुनेछन् दुईतर्फी बन्द



पहिलोपोस्ट

म्यान्मारका राष्ट्रपति काठमाडौं उत्रिँदै, अबको केही समय यी सडक हुनेछन् दुईतर्फी बन्द

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले अबको केही समय गौशालादेखि, विमानस्थल, तीनकुने, नयाँ वानेश्वर हुँदै कलंकीसम्म गाडी दुईतर्फी अवरुद्ध हुने जानकारी दिएको छ।

विम्स्टेकमा सहभागी हुन म्यान्मारका राष्ट्रपति विन मिन्ट २:४५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदैछन्। विमानस्थलबाट उनलाई सोझै सोल्टी होटल पुर्याइने भएकाले दुवैतर्फी बाटो बन्द गरिन लागेको हो। विमस्टेकका लागि सहभागी हुने हाइप्रोफाइलमा उनी पहिलो भिभिआइपी हुन्।  
उनको स्वागतका लागि तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell