PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बालविवाह रोक्न गाउँपालिकाको यस्तो कदम, छोरी जन्मनसाथ खातामा २५ हजार 



चन्द्रकान्त खनाल

बालविवाह रोक्न गाउँपालिकाको यस्तो कदम, छोरी जन्मनसाथ खातामा २५ हजार 

रुपन्देहीट: रुपन्देही जिल्लाको गैडहवा गाउँपालिकामा जन्मने हरेक बालिकाको अब बैंकमा खाता खोलेर पैसा जम्मा हुने भएको छ। 

साउन महिनादेखि गैडहवा गाउँपालिकामा जन्मने हरेक बालिकाको बैंकमा खाता खोलेर गाउँपालिकाले पैसा जम्मा गरिदिने भएको हो।

गाउँपालिकाले वालविवाह अन्त्यको लागि नँया अभियान सुरुवात गरेको गैडहवा गाउँपालिकाका अध्यक्ष बच्चुलाल केबटले बताए। गैडहवा गाउँपालिकामा वडा नं. १ देखि ९ वडा रहेको छ। यहा जन्मने हरेक बालिकाको अब बैंकमा खाता खोलिने छ र पैसा गरिने बताए।

गाउँपालिकामा जन्म हुने हरेक बालिकाको खातामा २० हजार जम्मा गरीदने र अभिभावकको ५ हजार गरी २५ हजार बैंकको मुद्दती खातामा जम्मा हुने छ। बालिका २० वर्ष पगेपछि मात्र उक्त पैसा प्रयोग गर्न मिल्ने गाउँपालिकाले जनाएको छ। यसले गर्दा महिला हिंसाको घटनामा कमी आउने र बालिकालाई पढ्न थप हौसला मिल्दा बालविवाह अन्त्य हुने विश्वास लिएको गाउँपालिकाका अध्यक्ष केबटले बताए।

यो अभियानलाई लागू गर्नको लागि गाउँपालिकाले कार्यबिधि बनाई सकेको र अब बैंकसँग सम्झौंता हुन मात्र बाँकी रहेको छ। आर्थिक वर्ष २०७५–७६ को साउन महिनादेखि जन्मिएका हरेक बालिकाको गाउँपालिकाले बिमा गरिदिने भएको हो।

बच्चा अस्पताल वा बर्थिङ सेन्टरमा जन्मीएको हुनु पर्ने वडाबाट जन्मदर्ता गराउनु पर्ने र वडाको सिफारीस लिएर गाउँपालिका गएपछि गाउँपालिकाले बैंकमा पैसा जम्मा गरिदिने अध्यक्षले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell