
काठमाडौं : बिहीवार र शुक्रवार काठमाडौंमा हुने चौथो विम्स्टेक शिखर सम्मेलनलाई ध्यान दिँदै गृह मन्त्रालयले उपत्यकाभित्रका सम्पूर्ण शैक्षिक संस्थालाई विदा दिने निर्णय गरेको छ। सम्मेलन अवधिभर स्कुल तथा कलेजहरु पूर्णरुपमा बन्द गर्ने गृह मन्त्रालयले निर्णय गरेको हो।
आज गृह मन्त्रायलमा बसेको शान्ति सुरक्षा महाशाखाको बैठकले बिहीवार र शुक्रवार बिदा दिने निर्णय गरेको हो। त्यस्तै बुधवारदेखि तीन दिनसम्म सार्वजनिक तथा निजी सवारी जोर विजोर नम्बरअनुसार संचालन गर्ने निर्णयसमेत गरिएको छ। राति १० बजेदेखि बिहान ६ बजेसम्म भने यातायातलाई कुनै मापदण्ड तोकिएको छैन।
अत्यावश्यक सेवा र प्रेसका लागि भने जोर विजोर नियम लागू हुनेछैन। जोर नम्बरका सवारी साधन जोर गते र विजोर नम्बरका लागि विजोर गते संचालन हुन पाउनेछन्। १३ र १५ गते विजोर गाडीमात्र चल्न पाउनेछन् भने १४ गते जोर नम्बरमात्र।