PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

एसियाड : कुराँसमा पनि नेपालको दुवै खेलाडी पराजित



पहिलोपोस्ट

एसियाड : कुराँसमा पनि नेपालको दुवै खेलाडी पराजित

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स (एसियाड) नेपालको खराब प्रदर्शन जारी छ। पदकको आशा गरिएकोमध्ये एक कुराँस खेलमा नेपाल नेपाली खेलाडी पराजित भए।

मंगलाबार प्रतिस्पर्धा गरेका नेपालका दुवै खेलाडी पराजित भइसकेका छन्।

पुरुष ६६ केजी मुनी तौल समूहमा एक खेल जितेका उपेन्द्र थपा अनत्म १६ तथा भगवती माझी महिला ५६ केजीमुनी अन्तिम ३२ बाटै बाहिरिए।

उपेन्द्रले पहिलो खेलमा पाकिस्तानका सायद समिउल्लाहलाई पराजित गरेका थिए तर अन्तिम १६ मा भने उज्वेकिस्तानका रुस्लान बुरिएभसँग १०-० ले पराजित भए।

महिलातर्फ भगवती अन्तिम ३२ मा चाएनिज ताइपेईकी चाएवेन सोउसँग १०-० ले पराजित भइन्।

नेपालले पदकको आशा गरेको तेक्वान्दो, बक्सिङ, कराते, उसु लगायत खेलमा नेपालको चुनौती समाप्त भइसकेको छ। तेक्वान्दोले पछिल्लो ३ संस्करणमा पदक जित्न सकेन।

अब नेपालले पदकको आशा गरेकोमध्ये जुडो, प्याराग्लाइडिङ क्रस कन्ट्री विधा र स्केटबोर्डमा मात्र प्रतिस्पर्धा हुन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell