PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पूर्व सांसद तथा माओवादीको गोरखा 'जेल ब्रेक'का कमाण्डर उमा भुजेल पक्राउ



सविन ढकाल

पूर्व सांसद तथा माओवादीको गोरखा 'जेल ब्रेक'का कमाण्डर उमा भुजेल पक्राउ

काठमाडौं : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता उमा भुजेललाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीको टोलीले पोलिटव्यूरो सदस्य भुजेललाई बालाजुबाट मंगलवार नियन्त्रणमा लिएको हो। भुजेललाई चन्दा उठाएको अभियोगमा नियन्त्रणमा लिइएको प्रहरीको दावी छ। 

नेत्री भुजेल माओवादी जनयुद्धमा गोरखा 'जेल ब्रेक'की कमाण्डर समेत हुन्। भुजेलले जेलब्रेककै विषयमा पुस्तकसमेत प्रकाशनमा ल्याएकी छिन्। पहिलो संविधानसभामा एकीकृत नेकपा माओवादीबाट संविधानसभा सदस्य थिइन्। 

प्रहरीले साउन २२ गते सोही पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई समेत पक्राउ गरेको छ। अदालतले रिहा गर्न आदेश दिए पनि अदालत बाहिरबाटै पुन: पक्राउ गरी प्रकाण्डलाई नुवाकोट रवाना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell