PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

राष्ट्रियसभाका चार विषयगत समितिमध्ये तीनवटामा सभापतिका लागि मनोनयन



पहिलोपोस्ट

राष्ट्रियसभाका चार विषयगत समितिमध्ये तीनवटामा सभापतिका लागि मनोनयन

काठमाडौँ : राष्ट्रियसभाका चार विषयगत समितिमध्ये तीन समिति सभापति चयनमा मनोनयनका लागि उम्मेदवारी परेको छ। राष्ट्रियसभा सचिवालयले बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयनको समय तोकेको थियो। सभापति चयनका लागि बुधबार निर्वाचन हुँदैछ।

परेको मनोनयन अनुसार विधायन व्यवस्थापन समितिको सभापतिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा डा. रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती)को उम्मेदवारी परेको हो। 

गुरुङको प्रस्तावकमा उदय शर्मा पौडेल तथा समर्थकमा डेगेन्द्रप्रसाद पुरी रहेका छन्। त्यस्तै विडारीको प्रस्तावक सुमनराज प्याकुरेल र समर्थक नैनकल ओझा रहेका छन्। थापाको प्रस्तावक दीपा गुरुङ हुन् भने समर्थक रामचन्द्र राई हुन्।

दिगो विकास तथा सुशासन समितिमा भने उम्मेदवारी दर्ता भएको छैन। 

५९ सदस्यीय सभामा नेकपाका मनोनीत सदस्यसहित ४२ सदस्य छन्। विपक्षी दल कांग्रेसका १३ सदस्य रहँदा मधेश केन्द्रित दुई दल फोरम र राजपाका २/२ सदस्य छन्। राष्ट्रियसभामा सत्तारुढ दलको दुई तिहाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell