
काठमाडौं: फिल्म निर्माण टिम पछिल्लो समय प्रचारका विभिन्न अस्त्र प्रयोग गर्ने गर्छन्। प्रदर्शन मिति नजिकिँदै जाँदा 'बाँध मायाले' टिमले नयाँ प्रचार अस्त्र प्रयोग गरेको छ।
फिल्मका निर्देशक सवीर श्रेष्ठले प्रश्नोत्तर प्रतिस्पर्धाबारे जानकारी दिएका छन्। प्रत्येक दुईदिनमा फिल्म 'बाँध मायाले'को एउटा प्रश्न फिल्मको फेसबुक पेज सोधिनेछ। उत्तर मिलाउनेलाई पाँच सय रुपैयाँको रिचार्ज कार्ड प्रदान गरिने निर्देशक श्रेष्ठले बताए। भदौ अन्तिमसम्म यो क्रम जारी हुनेछ।
लभ स्टोरी जनरामा बनेको फिल्ममा आर्यन अधिकारी र सृष्टि श्र्ष्ठ, किशोर खड्का, राजारामपौडेल, रविन्द्र प्रताप सेन लगायतको अभिनय छ। फिल्म असोज ५ गतेदेखी प्रदर्शनमा आउनेछ।