PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

६२ हजार डलरसहित समातिए दुई जना



पहिलोपोस्ट

६२ हजार डलरसहित समातिए दुई जना
प्रतीकात्मक फोटो : www.ft.com

काठमाडौं : अवैध डलरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले ६२ हजार ६ सय ३० अमेरिकी डलर सहित लैनचौरस्थित खानी तथा भूगर्भ विभागको कार्यालय नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा धरानका अमर विश्वकर्मा र रुकुम घर भइ गोंगबु बस्ने धन बहादुर खड्का रहेको महानगरीय  प्रहरी परिसर एसएसपी वसन्त लामाले बताए। उनीहरुसँगबाट जफत डलरको मुल्य ७० लाख बराबर पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell