PahiloPost

May 16, 2026 | २ जेठ २०८३

बंगलादेशमा हुने साफ च्याम्पियनसिप एपी वान टिभीमा लाइभ हेर्न पाइने



पहिलोपोस्ट

बंगलादेशमा हुने साफ च्याम्पियनसिप एपी वान टिभीमा लाइभ हेर्न पाइने

काठमाडौँ : बंगलादेशमा सेप्टेम्वर ४ देखि १६ सम्म सञ्चालन हुने साफ च्याम्पियनसिप फुटबल एपीवान एचडी टेलिभिजनले लाइभ गर्ने भएको छ।

एपीवानले मंगलबार सामाजिक सञ्जालमार्फत साफ फुटबल लाइभ गर्ने पुष्टी गरेको हो।

साफ च्याम्पियनसिपमा नेपालसहित दक्षिण एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन्। एपीवानले लाइभ गर्नेभएपछि नेपाली दर्शकले नेपालको खेल लाइभ हेर्न पाउने भएका छन्।

च्याम्पियनसिपमा नेपालसँगै आयोजक बंगलादेश, पाकिस्तान र भुटान समूह ए मा छ। यस्तै साविक विजेता भारत, माल्दिभ्स र श्रीलंका समूह बी मा छ। नेपाल अहिलेसम्म फाइनल पुग्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell